राजनीति

होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग

नेपाली कांग्रेसले होल्डिङ सेन्टरबाट सुकुम्बासीलाई हटाउने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ।

कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय फिर्ता लिन माग गरेको हो।

कांग्रेसले सुकुम्बासीलाई हटाउने निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको बताएको छ। कांग्रेसले होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित, सम्मानजनक एवं दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। 

कांग्रेसले केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहने गरी होल्डिङ सेन्टरको समन्वय र सहजीकरण समिति गठन गरेको छ।

प्रकाशित: ११ मंसिर २०८३ ०८:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App