राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

फाइल तस्बिर

नेपाली कांग्रेस महाधिवेशनको मितिलाई लिएर विवाद उत्पन्न भइरहेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे बस्दै छ।

पटक-पटक स्थगित हुँदै आएको कार्यसमितिको बैठक पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको हो। यसअघि पनि महाधिवेशनको मितिमा सहमति जुटाउन नसकेपछि केन्द्रीय कार्यसमिति बैठकहरू बस्दै नबसी स्थगित भएको थियो। विवाद र सहमति प्रयासका बाबजुद बैठक बस्न नसकेपछि पार्टीभित्रको आन्तरिक कलह थप सतहमा आएको थियो।

आजको बैठकको मुख्य एजेन्डा पार्टीको १५ औं महाधिवेशनको मिति तय गर्नु बताइएको छ।

प्रकाशित: १८ कार्तिक २०८२ ०९:११ मंगलबार