नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने भएको छ। आजको बैठकमा सभापति थापा स्वयं उपस्थित हुनेछन्। निर्वाचनपछि उनको यो पहिलो सहभागिता हुनेछ। यसअघि शुक्रबार र आइतबार बसेका बैठकहरू उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा सञ्चालन भएका थिए।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा हालै सम्पन्न निर्वाचनको विस्तृत समीक्षा गरिनेछ। यसअघि सोमबार सम्पन्न बैठकले सभापति गगनकुमार थापाले पेश गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो भने निर्वाचनको प्रारम्भिक समीक्षा समेत गरेको थियो।
प्रकाशित: १० चैत्र २०८२ ०७:०३ मंगलबार