राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि

नेपाली कांग्रेसको मंसिर ८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ।  

केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले बैठक आज बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेसले जनाएको छ।

बिहीबारसम्म ७० जना केन्द्रीय सदस्यले धारणा राखेका छन्। बैठकमा केन्द्रीय सदस्यहरू, प्रदेश सभापतिहरू तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले विभिन्न विषयमा धारणा राखेका छन्।

प्रकाशित: ११ मंसिर २०८३ ०८:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App