राजनीति

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन २४ गते

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

पार्टीका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले साउन २४ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सनेपामा बैठक बस्ने जानकारी दिए।

बैठकको लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन निर्देशन दिइएको छ।

बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला र आगामी महाधिवेशनबारे छलफल हुने बताइएको छ। इतर समूहले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला बोलाएको छ।

प्रकाशित: १७ श्रावण २०८३ १५:०४ आइतबार