नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (सोमबार) पनि बस्ने भएको छ।
कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा पुनः बैठक बस्नेछ।
हिजो (मंगलबार) बसेको केन्द्रीय कार्यसमितिको बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको थियो। हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
महामन्त्री प्रदीप पौडेलले छलफलका लागि पार्टीको १५ औं महाधिवेशन सम्बन्धमा १५ औं महाधिवेशन तयारीका सम्बन्धमा, नियमावली र निर्वाचन निर्देशिका सम्बन्धमा, सदस्यता अद्यावधिक र वितरण सम्बन्धमा, महाधिवेशन तयारी समिति गठन सम्बन्धमा, विधान मस्यौदा समिति गठन सम्बन्धमा, प्रचार प्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापन लगायतका उपसमिति गठन सम्बन्धमा र केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदन सम्बन्धमा प्रस्ताव पेस गरेका थिए।
त्यस्तै, पछिल्लो समयमा तराई मधेशमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने सम्बन्धमा, सरकारका १०० दिन, तत् पश्चातका गतिविधि र प्रमुख प्रतिपक्ष दलका रूपमा संसद र संसद बाहिर पार्टीको भूमिकाका सम्बन्धमा बैठकमा कुराकानी हुनेछ।
यसैगरी, प्रदेश सरकारका सन्दर्भमा विकसित राजनीतिक परिस्थिति सम्बन्धमा, सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुमोदन सम्बन्धमा, नेपाली जनसम्पर्क समिति सम्बन्धमा, समसामयिक विषय तथा भ्रातृ संस्थाहरूको विधान सम्बन्धमा समेत बैठकमा छलफल हुने जनाइएको छ।
प्रकाशित: २५ श्रावण २०८३ १०:२२ सोमबार