राजनीति

कांग्रेस आफ्नो जिम्मेवारपूर्ण इतिहासको निरन्तरताबाट बाहिरिन मिल्दैन : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेस आफ्नो जिम्मेवारपूर्ण इतिहासको निरन्तरताबाट बाहिरिन नमिल्ने बताएका छन्।

सामाजिक सञ्जालमा नेता भण्डारीले यस्तो बताएका हुन्। उनले कांग्रेसले आफू भित्रको द्वन्द्व बाहिर ल्याउँदा जनतामा निराशा र देशमा अन्यौलता बढाउने बताए।

'यो समय देशमा देखा परेका राष्ट्रिय समस्याहरू समाधानमा केन्द्रित हुने समय हो। यस्तो संवेदनशील घडीमा अनुभव, जिम्मेवार र परिपक्व निर्णय अत्यावश्यक हुन्छ,' उनले लेखेका छन्, 'कांग्रेसले आफू भित्रको द्वन्द्व बाहिर ल्याउँदा जनतामा निराशा र देशमा अन्यौलता बढाउँछ। कांग्रेस आफ्नो जिम्मेवारपूर्ण इतिहासको निरन्तरताबाट बाहिरिन मिल्दैन।'  

सोही क्रममा भण्डारीले नेकपा एमालेले महाधिवेशन गर्ने तर राष्ट्रिय मुद्दाको नेतृत्व गरेको कांग्रेसले गर्न नसक्ने भन्ने नहुने प्रष्ट समेत जिकिर गरे।

नेता भण्डारीले लेखेका छन्, ‘तत्कालीन सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारीमा छ। कांग्रेसले राष्ट्रिय मुद्दाको नेतृत्व गर्न अग्रसरता पनि नदेखाउने र आफ्नो अधिवेशन पनि गर्न सकिँदैन भन्न मिल्दैन।’

प्रकाशित: १८ कार्तिक २०८२ ११:०२ मंगलबार