राजनीति

कांग्रेस उम्मेदवार बासनाको अग्रता कायम : पछ्याउँदै एमाले

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दैलेख निर्वाचन क्षेत्र नम्बर १ को मतगणनामा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसकी उम्मेदवार बासना थापाले आफ्नो अग्रतालाई कायमै राखेकी छिन्। थापाले ११ हजार ५ सय ४४ मत प्राप्त गर्दै प्रतिस्पर्धीभन्दा अगाडि देखिएकी हुन्।

उनलाई नेकपा एमालेका उम्मेदवारले टक्कर दिइरहेका छन्। एमालेको 'सूर्य' चिह्नमा ११ हजार २ मत खसेको छ, जुन कांग्रेसको 'रुख' भन्दा ५ सय ४२ मतले कम हो। यी दुई ठुला दलबीचको झिनो मतान्तरले चुनावी नतिजा कुन पक्षमा जान्छ भन्ने कौतुहलता झन् बढाएको छ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीको 'घण्टी' ७ हजार ८ सय ७९ मतका साथ तेस्रो स्थानमा छ भने नेपाली कम्युनिष्ट पार्टीको 'तारा' चिह्नले ३ हजार ८ सय ३६ मत प्राप्त गरेको छ। दैलेख १ मा अहिले मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै केन्द्रित देखिएको छ।

प्रकाशित: २३ फाल्गुन २०८२ ०१:२६ शनिबार