राजनीति

कांग्रेसले बोलायो अनुशासन समितिको बैठक, यस्ता छन् छलफलका एजेन्डा

फाइल तस्बिर

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने भएको छ।

समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिएका हुन्। बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ। बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ।

बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ।

प्रकाशित: २० जेष्ठ २०८३ ०६:१३ बुधबार