जेनजी अभियान्ता माजिद अन्सारीले सुनसरीको घटनापछि साम्प्रदायिक समस्या गोली चलाएर समाधान हुन नसक्ने बताएका छन्।
तराई मधेशका केही क्षेत्रमा तनाव बढ्दै जादाँ र तिन जनाको गोली लागेर मृत्युभएपछि र तराई मधेसमा विभिन्न जिल्लामा कर्फ्यु आदेश जारी भएपछि सामाजिक सञ्जालमार्फत अन्सारीले तराईको समस्या राजनीतिक र सामाजिक भएकाले त्यसको समाधान पनि राजनीतिक संवाद र सामाजिक सहकार्यबाटै खोज्नुपर्ने बताएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तराई–मधेशको साम्प्रदायिक समस्या गोलीले समाधान हुँदैन। तराईको समस्या राजनीतिक र सामाजिक हो। यसलाई राजनीतिक र सामाजिक तरिकाबाटै समाधान गर्नुपर्छ। सामाजिक सञ्जालदेखि लिएर डिजेमार्फत १० वर्षदेखि फैलिएको आगो प्रहरी र सेनाको बन्दुकले निभाउन सक्दैन।’
सरकारलाई संयमता अपनाउन आग्रह गर्दै अन्सारीले भीड नियन्त्रणका क्रममा घातक बल प्रयोग नगर्न आग्रह गरेका छन् । उनले लाठीचार्ज, अश्रुग्यास, पानीको फोहोरा तथा हवाई फायरिङजस्ता उपायपछि पनि गोली चलाउनुपर्ने अवस्था आए घातक गोलीको सट्टा रबरको गोली प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले लेखेका छन्, ‘खबरदार नेपाल सरकार, लाठीचार्ज, अश्रुग्यास, पानीको फोहोरा, हवाई फायरिङ हुँदा हुँदै गोली किनरु गोली चलाउनै परे रबरको गोलीको प्रयोग हुनुपर्छ। गोली लागेर मुस्लिम मरोस् कि हिन्दु मरोस्, मर्ने नेपाली नागरिक नै हुन्। मान्छे नपर्ने गरी भीड नियन्त्रण गर्न आवश्यक बल प्रयोग गर, तर मान्छे मार्न पाइँदैन।’
प्रकाशित: १४ श्रावण २०८३ १७:०९ बिहीबार



