राजनीति

काठमाडौं उपत्यकाका सबै कांग्रेस उम्मेदवारको ‘साझा योजना’ आउँदै

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं उपत्यकाका सबै उम्मेदवारको साझा योजना ल्याउने पहल सुरु गरेका छन्। महामन्त्री पौडेलले उपत्यकाका  काठमाडौं, ललितपुर र भक्तपुर गरी ती जिल्लाका १५ निर्वाचन क्षेत्रमा उठेका कांग्रेस उम्मेदवारहरूका तर्फबाट साझा योजनासहितको प्रतिबद्धता तयार पार्ने गृहकार्य सुरु गरेका छन्। 

काठमाडौं–५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका बनाउने बताएका छन् । 

जसमा संघीय राजधानीको यातायात, पूर्वाधारसहितका मुद्दाहरूमा उम्मेदवारहरूबिच परामर्श चलिरहेको उनले बताए । ‘परामर्शपश्चात् तयार हुने साझा योजना सार्वजनिक हुनेछ,’ उनले भने । 

महामन्त्री पौडेलले सांसद रहँदा उपत्यकाको रिङ रोडको विकासका लागि उपत्यकाभित्रका सांसदहरूसँगको सहकार्यमा दबाबमूलक अभियान चलाएका थिए । 

प्रकाशित: २३ माघ २०८२ १८:११ शुक्रबार