राजनीति

जलवायु परिवर्तनले हिमालयमा जोखिम बढायो, विश्वव्यापी आवाज आवाज उठाउनुपर्छ : नेपाल

फाइल तस्बिर

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले हिमालयको अस्तित्वबारे नेपालले विश्वव्यापी रूपमा आवाज उठाउनुपर्ने बताएका छन्।

पार्टीनिकट केन्द्रीय मानवअधिकार विभागद्वारा आइतबार आयोजित कार्यक्रममा उनले हिमाली विपद्, त्यसले उत्पन्न गरेको क्षति र नोक्सानीको जोखिम न्यूनीकरण गर्न जलवायु परिवर्तनका विषयलाई विश्वव्यापी रूपमा प्राथमिकताका स्थापित गर्नुपर्ने बताएका हुन्। 

उनले जलवायु परिवर्तनका कारण हिमालयमा जोखिम बढेको सन्दर्भमा नेपालले अन्तरराष्ट्रिय मञ्चमा आफ्नो आवाज अझ सशक्त बनाउनुपर्नेमा जोड दिए।

पूर्वप्रधानमन्त्री नेपालले हिमालय क्षेत्र समृद्धिको आधार तथा प्राकृतिक पूर्वाधारका रूपमा रहेको भए पनि यसले ल्याउने सम्भावित विपद् तथा विनास न्यूनीकरण गर्नेगरी विश्वव्यापी सोचमा परिवर्तन आवश्यक रहेकोमा जोड दिए। 

बदलिँदो हिमाली जोखिमका कारण भोटेकोशीमा विनासकारी बाढी आएको उनको भनाइ थियो। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ प्रभावित भएको उनको कथन थियो। उनले परम्परागत अनुगमन प्रणालीलाई सुदृढ बनाउँदै जोखिम न्यूनीकरण गर्नुपर्ने उनको सुझाव छ। 

प्रकाशित: ५ आश्विन २०८३ ०६:३१ सोमबार