राजनीति

स्वास्थ्यको कारण देखाउँदै देउवाले सुम्पिए उपसभापति खड्कालाई कार्यवाहक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेका हुन्।

‘मेरो स्वास्थ्यको कारणले पार्टीको उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रूपमा काम गर्ने जिम्मेवारी सुम्पिएको छु,’ देउवाले भने,‘उहाँले पार्टीको हितअनुरूप काम गर्ने आशा लिएको छु।’

प्रकाशित: २८ आश्विन २०८२ १४:३० मंगलबार