राजनीति

चुरे भावर पार्टी नेकपामा समाहित

चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमबिच चारबुँदे सहमति गर्दै उक्त पार्टी नेकपामा समाहित भएको हो।

सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल र चुरे भावर पार्टीका अध्यक्ष बद्री न्यौपानेले हस्ताक्षर गरेका छन्। 

प्रकाशित: १३ माघ २०८२ १६:१८ मंगलबार