चितवन–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले फराकिलो मतान्तरसहित अग्रता कायम गरेकी छन्।
पछिल्लो अपडेटअनुसार सोविताले ४१ हजार १६३ मत प्राप्त गरेकी छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार रेणु दाहाललाई २५ हजार ५०१ मतको भारी अन्तरले पछाडि पारेकी छन्। दाहालले १५ हजार ६६२ मत प्राप्त गरेकी छन्।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङले ५ हजार ३५४ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार शंकरराज थपलियाले ३ हजार८७४ मत पाएका छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ ०८:२९ शनिबार