चितवन क्षेत्र नम्बर-३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले अग्रता कायम गरेकी छन्।
सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार गौतमले नेकपाकी उम्मेदवार रेनु दाहाललाई पछि पारेकी हुन्।
प्राप्त विवरण अनुसार रास्वपाकी गौतमले ९ सय २५ मत प्राप्त गरेकी छन्। उनलाई पछ्याइरहेकी दाहालले ६ सय ७९ मत पाएकी छन्।
गौतम र दाहालबीचको मतान्तर २ सय ४६ रहेको छ।
प्रकाशित: २२ फाल्गुन २०८२ ०५:०१ शुक्रबार