राजनीति

प्रधानमन्त्री शाहलाई चीनको बधाई, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

चीन सरकारले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।

चीनले एक औपचारिक सन्देश जारी गर्दै प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गरेको छ। साथै, नेपालसँगको परम्परागत मित्रता र आपसी सहकार्यलाई अझ सुदृढ बनाउन आफू प्रतिबद्ध रहेको जनाएको छ। 

सन्देशमा चीनले नेपालसँगको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै द्विपक्षीय हितका क्षेत्रमा व्यावहारिक सहयोग विस्तार गर्न इच्छुक रहेको उल्लेख गरेको छ।

त्यसैगरी, नयाँ सरकारसँग सहकार्य गर्दै आपसी विश्वास अभिवृद्धि, विकास साझेदारीलाई मजबुत बनाउने तथा क्षेत्रीय स्थायित्वमा योगदान पुर्‍याउने प्रतिबद्धता पनि चीनले व्यक्त गरेको छ।

चीनको यस सन्देशलाई नेपाल–चीन सम्बन्ध थप मजबुत बनाउने संकेतका रूपमा हेरिएको छ।

प्रकाशित: १३ चैत्र २०८२ १६:०० शुक्रबार