राजनीति

बालश्रमसम्बन्धी विधेयक संसदीय समितिमा

प्रतिनिधिसभाले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाएको छ। 

सभाको आजको बैठकले युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले प्रस्तुत गरेको उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।  

प्रकाशित: १८ भाद्र २०८३ १८:०४ बिहीबार