प्रतिनिधिसभामा ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत भएको छ ।
सभाको आजको बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले उक्त विधेयक प्रस्तुत गरे।
त्यसक्रममा मन्त्री सुडीले बाललिकाका लागि संविधान प्रदत्त मौलिक हकको कार्यान्वयन गर्नका लागि सो सम्बन्धी ऐनलाई समसामयिक परिमार्जन गर्न आवश्यक भएको बताए। “बाल न्याय प्रणालीलाई सहज, सरल र बालमैत्री बनाउन तथा बाल संरक्षण प्रणालीलाई संस्थागत र सुदृढ गर्दै बालअधिकारको सबै पक्षलाई सन्तुलन कायम गर्न आवश्यक परेकाले उक्त विधेयक संशोधन गर्न लागिएको हो”, मन्त्री सुडीले भने।
त्यसअघि मन्त्री सुडीले सो विधेयक प्रस्तुत गर्न अनुमति माग्नेसम्बन्धी प्रस्ताव राखेका थिए। बैठकको अध्यक्षता गर्नुभएका उपसभामुख इन्दिरा रानाले उक्त प्रस्तावमाथि कुनै पनि सांसदको विरोधको सूचना प्राप्त नभएकाले सो विधेयक प्रस्तुत गर्न मन्त्री सुडीलाई अनुमति दिएका थिए।
बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले समितिको वार्षिक प्रतिवेदन ९आव २०८०/८१० पेस गरे।
प्रकाशित: २५ असार २०८२ १७:३४ बुधबार