राजनीति

राजीनामा घोषणा गरेका मुख्यमन्त्री सिंहले मंगलबार विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले असोज २८ गते मंगलबार बिश्वास मत लिने भएका छन् । मुख्यमन्त्री सिंहलाई दिएको समर्थन तीन दलले फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री सिंहले विश्वासको मतका लागि वातावरण मिलाइदिन शुक्रबार प्रदेशसभा सचिवालयमा पत्र पठाएका छन् । 'नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि मिति २०८२।०६।२८ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु,' प्रदेश सभामा पठाइएको पत्रमा उल्लेख गरिएको छ ।  

जेन(जी आन्दोलनको क्रममा २४ भदोमा मुख्यमन्त्री सिंहले समाजिक संजालमार्फत राजीनामा दिएका घोषणा गरेका थिए । तर आन्दोलन शान्त भएपछि उनी राजीनामा दिने निर्णयबाट पछि हटेका थिए । त्यसपछि उनी आबद्ध जनमत पार्टीले २८ भदौंमा मन्त्री र मुख्यमन्त्री फिर्ता बोलाइएको र सरकारलाई दिएको समर्थन फिर्ता लिएको प्रदेशसभामा पत्र पठाइएको थियो ।  

नेपाली कांग्रेस र नेकपा एमाले दिएको समर्थन फिर्ता लिइसकेका छन् । मुख्यमन्त्री सिंहलाई अहिले लोसपाको मात्रै समर्थन रहेको छ ।  

नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि नेकपा एमाले र जनमत पार्टीले प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिसकेका छन् । ५८ सांसदको समर्थन रहेको भन्दै तीन दलका नेता हस्ताक्षरसहित पत्र प्रदेश प्रमुखको कार्यालयमा पुर्‍याएको छ ।

मधेस प्रदेशमा १०७ सदस्य रहेको छ । त्यसमध्ये तीनजना सांसद निलम्बनमा छ । 

प्रकाशित: २४ आश्विन २०८२ १७:३५ शुक्रबार