बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा डोर्याउन आफू प्रतिबद्ध रहेको बताएका छन्।
आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले बागमती प्रदेशको चौतर्फी विकासका लागि प्रदेश सरकार क्रियाशील रहेको बताए।
फरक प्रसङ्गमा मुख्यमन्त्री थापाले भक्तपुरलाई योग, शिक्षा, स्वास्थ्य र पर्यटनको एकीकृत केन्द्रका रूपमा रूपान्तरण गर्ने आफ्नो योजना सुनाए।
त्यस अवरसमा स्वास्थ्य मन्त्रालयअन्तर्गत गठित प्रादेशिक योग समितिका सदस्य नवराज काफ्ले समाजसेवी बालमुकुन्द सुवाललगायत वक्ताले बागमती प्रदेशका विकासका सम्भावनाबारे मन्तव्य व्यक्त गरेका थिए।
प्रकाशित: २५ आश्विन २०८३ १०:४५ आइतबार