राजनीति

मुद्दाको फर्छ्यौटको हिसाबले प्रधानन्यायाधीश सिफारिस गरिएको हो : प्रवक्ता पोखरेल

शिक्षा मन्त्री सस्मित पोखरेलले मुद्दाको फर्छ्यौटको हिसाबले प्रधानन्यायाधीश सिफारिस गरिएको स्पष्ट गरेका छन्।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउने क्रममा सरकारको प्रवक्ता समेत रहेका उनले यस्तो बताएका हुन्। सबै छ जना आफ्नै कार्यक्षमता भएको बताउँदै उनले प्रधानन्यायाधीश पनि कार्यक्षमता हेरेर सिफारिस गरिएको बताए।

'उहाँ मुद्दको फर्छ्यौटको हिसाबमा सबैभन्दा माथि देखिनुभएको छ। उहाँको कार्यक्षमता हेरेर नै हामीले  सिफारिस गरेका हौँ,' उनले भने।

प्रकाशित: २५ वैशाख २०८३ १२:३५ शुक्रबार