राजनीति

मधेस सरकारका मुख्य न्यायाधिवक्ता बरखास्त

मधेस प्रदेशका मुख्य न्यायाधिवक्तालाई बर्खास्त गरिएको छ। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६० को उपधारा (४)(ख) बमोजिम मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतोलाई पदमुक्त गरेका हुन्।

गत शुक्रबार ६ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको सपथ लिएपछि मुख्य न्यायाधिवक्तालाई पदमुक्त गर्न सिफारिस गरेका थिए।

महतो जनमत पार्टी नेतृत्वको सतिशकुमार सिंहको सरकारमा जनमतको कोटाबाट मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति विरुद्ध नेपाली कांग्रेससहित ७ दलले सर्वोच्च अदालतमा रिट दिएपछि मधेस सरकारको तर्फबाट बहस गरेका थिए ।

प्रकाशित: २१ मंसिर २०८२ १६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App