राजनीति

सात जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

गृह मन्त्रालयले सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ ।  

मन्त्रालयले बुधबार गरेको निर्णयअनुसार, सीडीओसहित ५८ जना कर्मचारीको सरुवा गरिएको हो ।

सो निर्णयअनुसार बद्रीनाथ गैह्रेलाई गुल्मीको प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा गरिएको छ । त्यस्तै दैलेखमा आनन्द सारु, पाँचथरमा बासुदेव दाहाल र रोल्पामा गंगाबहादुर क्षेत्रीलाई पठाइएको छ ।

जुम्लामा दिपक पौडेल, डोटीमा कल्पना घिमिरे र मुस्ताङमा अजिता शर्मालाई प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित: २६ कार्तिक २०८२ २०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App