राजनीति

वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई भेट्न निवासमै पुगे अध्यक्ष यादव

वामपन्थीहरूलाई संगठित गर्न दौडधुप गरिरहेका नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन्।

उनीहरूबिच सोमबार  हात्तीवनस्थित श्रेष्ठको निवासमा यो भेट भएको हो। सचिवालयका अनुसार भेटमा वर्तमान राजनीतिक परिस्थिति, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन आवश्यक चाल्न सकिने कदमबारे चर्चा भएको थियो।

श्रेष्ठले आइतबार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालसँग छलफल गरेका थिए।

नेता श्रेष्ठले साउन २१ गते नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग भेट गरेका थिए। त्यस्तै, शुक्रबार मात्र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालसँग उनको भेट भएको थियो। 

यो पनि पढ्नुहोस्

वामपन्थीहरू संगठित गर्न नारायणकाजीको दौडधुप

 

प्रकाशित: २६ श्रावण २०८२ १२:४३ सोमबार