राजनीति

अध्यक्ष ओलीले आज रसुवाका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण गर्ने

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने भएका छन्।

पार्टीका अनुसार आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा अध्यक्ष ओलीले रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम तय भएको हो।

राहत सामग्री हस्तान्तरण कार्यक्रमलगत्तै अध्यक्ष ओलीसहित पार्टीका नेताहरू नुवाकोटको विदुरलगायत बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण तथा भेटघाटका लागि जाने कार्यक्रम रहेको छ।

प्रकाशित: १९ भाद्र २०८३ ०७:३५ शुक्रबार