राजनीति

धादिङ बस दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दु:ख व्यक्त

फाइल तस्बिर

धादिङमा भएको बस दुर्घटनाप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दु:ख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘दुर्घटनामा जीवन गुमाउने यात्रुहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस आज बिहान १:३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका भैँसीगौडामा दुर्घटना भएको थियो। उक्त बस त्रिशूली नदी किनारमा खस्दा १९ जनाको मृत्यु भएको छ।

प्रकाशित: ११ फाल्गुन २०८२ १२:४१ सोमबार