राजनीति

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक १२ गते

फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

पछिल्लो समय विभिन्न कम्युनिष्ट घटकसँग एकताको प्रसंग चलिरहेका बेला एकीकृत समाजवादीले पनि आन्तरिक छलफलको तयारी गरेको हो । यही छलफलका लागि केन्द्रीय कमिटी बैठक डाकिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।  

बैठक आगामी कार्तिक १२ गते बस्नेछ । बैठकको मुख्य एजेण्डानै बाम एकता र पार्टी एकतासँग जोडिने छ । सँगै समसामयिक राजनीतिक घटना, आगामी निर्वाचन, सरकारको काम तथा पार्टीको भूमिकाका विषयमा पनि छलफल हुने छ। कम्युनिस्ट र समाजवादी पार्टीहरूसँग चलिरहेको एकता सम्बन्धी वार्ता प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन केन्द्रित हुने बैठकमा एकतापछिको पार्टीको सैद्धान्तिक दृष्टिकोण, नेताहरूको व्यवस्थापन लगायत विषयमा छलफल गरिने छ ।  

 

प्रकाशित: ८ कार्तिक २०८२ १५:३८ शनिबार