राजनीति

‘गरिबकी वकिल’ वकिल राधिका संस्थापनबाट उम्मेदवार

‘गरिबकी वकिल’को पहिचान बनाएकी अधिवक्ता राधिका खतिवडा नेकपा (एमाले) ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेकी छिन । एमाले अध्यक्ष केपीको प्यानलबाट महाधिवेशन प्रतिनिधिमा चयन भएकी उनी सोही प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी हुन् ।  

गलत अभियोजनका पीडित, न्यायमा पहुँच नभएका तथा महिला र उत्पीडन भोगेकाहरुको पक्षमा निःशुल्क वकालत गर्दै आएकी अधिवक्ता खतिवडा सर्लाही १ बाट महाधिवेशन प्रतिनिधि बनेकी थिइन् ।

लामो समय अनेरास्ववियूको राजनीतिमा सक्रिय अधिवक्ता राधिका खतिवडा एक दसक यता कानुन व्यवसायमा सक्रिय छिन् । फि नपाउँदासम्म हम्मेसी मुद्दाको फाइल छुन गाह्रो मान्ने वकिलहरू भएको नेपालको न्याय प्रणालीमा पैसा नहुनेहरूका लागि पनि अदालतमा पैरवी हुन्छ भन्ने भाष्य स्थापित गर्न राधिकाको बलियो भूमिका छ ।  

‘हाम्रो समाजमा बलेको आगो ताप्ने, फाइदा लिने प्रवृत्ति भएका व्यक्तिहरूको कमी छैन । वकिल मात्र नभएर सम्पूर्ण क्षेत्रमा यस्तै प्रवृत्ति भएकाहरू छन् यसलाई हटाउनुपर्छ मेरो मान्यता रहेको छ’, खतिवडाले भनिन । उनले आफू पार्टीभित्र युवामा पर्ने भएकाले पनि आफूले  उम्मेदवारी दिएको बताइन ।

प्रकाशित: २९ मंसिर २०८२ २१:०९ सोमबार