निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासनसँग सम्बन्धित कर्मचारी कल्याण शाखाले सूचना जारी गर्दै आवेदन माग गरेको हो।
जारी सूचनाअनुसार निजामती कर्मचारी अस्पताल विकास समिति (गठन) आदेश, २०६४ को दफा ६ तथा निजामती कर्मचारी अस्पताल (कार्यकारी निर्देशकको नियुक्ति, काम, कर्तव्य, अधिकार र सेवा सुविधा) विनियमावली, २०७७ बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।
आवेदकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयको कर्मचारी कल्याण शाखामा सिलबन्दी खाममा व्यावसायिक कार्ययोजना संलग्न गरी आवेदन पेस गर्नुपर्नेछ। आवेदन ५ हजार रुपैयाँ दस्तुर जम्मा गरेको सक्कल भौचर पनि बुझाउनुपर्ने सूचनामा उल्लेख छ।
प्रकाशित: ६ असार २०८३ १४:३८ शनिबार



