नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सीमा क्षेत्रमा नागरिकलाई दैनिक जीवनमा आवश्यक पर्ने सामानहरु सिमापारीबाट ल्याउनको लागी सास्ती भएको बताएका छन्।
उनले मंगलबार प्रतिनिधिसभामा बोल्दै सिमा क्षेत्रमा बसोबास गर्ने आम नागरिकहरुको भान्छामा चाहिने अत्यावश्यक वस्तु सहित औषधि लगायतका विषय आयात गर्न नागरिक माथि सरकारले आतंकित गर्ने गरेको बताएका हुन्।
पछिल्लो समय अदालतले भन्सारमा रोक लगाएको आदेश अहिले सम्म कार्यान्वयन नहुदा जनतामा समस्या बढेको बताएका हुन् । साथै सरकारले सर्वसाधारण जनताको पेटमा लाती हान्नको सट्टामा ठुला ठुला तस्करहरुलाई सरकारले नियन्त्रणमा दिनुपर्ने बताएका छन्।
प्रकाशित: ५ जेष्ठ २०८३ १२:२२ मंगलबार