भोटेकोशी बाढीबाट भएको क्षति, उद्धार, राहत तथा पुनर्निर्माणबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद् बैठक जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसिरहेको छ।
रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीबाट भएको क्षति, उद्धार, राहत तथा पुनर्निर्माणका विषयमा बैठकमा छलफल भइरहेको छ।
बाढी प्रभावित क्षेत्रमा राहत कार्यलाई थप प्रभावकारी बनाउने र क्षति पुगेका भौतिक पूर्वाधारको पुनर्निर्माण अघि बढाउने विषयमा बैठकमा छलफल हुनेछ।
प्रकाशित: १२ भाद्र २०८३ १२:०१ शुक्रबार