राजनीति

पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै छिन्। 

सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीले बबरमहलस्थित कार्की बैंक्वेटमा आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेकी हुन्। नेकपा एमालेले उनको सदस्यता नवीकरण नगरेर रोकेपछि आजको यो पत्रकार सम्मेलनलाई अर्थपूर्ण रूपले हेरिएको छ।

गत साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीको पार्टी सदस्यता अमान्य घोषणा गरेको छ। साथै उनलाई पार्टी राजनीतिमा रोक लगाउने निर्णय समेत इमालेले गरेको छ।

प्रकाशित: ९ श्रावण २०८२ ११:०० शुक्रबार

#Bidhya Devi Bhandari #NepaliNews #NagarikNews