राजनीति

दीपक मनाङे पदमुक्त भएपछि रिक्त क्षेत्रको उपनिर्वाचन कार्तिक १७ गते

दीपक मनाङ्गे । फाइल तस्बिर

निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा–२ का लागि उपनिर्वाचनको मिति तोकेको छ ।

कात्तिक १७ गते हुनेगरी उपनिर्वाचनको मिति तोकिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।  

राजिव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए । गत असार ४ गते सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडालको संवधानिक इजलासले उनको पदमुक्त हुने फैसला सुनाएको थियो ।  

त्यसपछि रिक्त रहेको क्षेत्रमा उपनिर्वाचन हुनेछ ।

प्रकाशित: १३ भाद्र २०८२ १५:४७ शुक्रबार