गोरखा निर्वाचन क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कविन्द्र बुर्लाकोटी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीलाई दोब्बरभन्दा बढी मतले पछि पार्दै बुर्लाकोटीले सानदार जित हासिल गरेका हुन्।
अन्तिम मतपरिणामअनुसार विजयी बुर्लाकोटीले २६ हजार ६ सय ६० मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दवाडीले भने ११ हजार ८ सय ३८ मत मात्र प्राप्त गरे।
त्यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार लेखनाथ न्यौपाने ११ हजार ३ सय ३० मतसहित तेस्रो स्थानमा रहेका छन्। उता, नेकपा एमालेका उम्मेदवार मिलन गुरुङ (चक्रे मिलन) ले जम्मा ३ हजार १ सय ८२ मत ल्याए।
कुल १ लाख ८ हजार ५ सय ३३ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ५७ हजार २ सय ५८ मत खसेको थियो। खसेको कुल मतमध्ये २ हजार ८ सय ८१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।
प्रकाशित: २४ फाल्गुन २०८२ २०:०६ आइतबार