राजनीति

राप्रपा युवा संगठन काठमाडौं जिल्ला अधिवेशनमा दुई पक्षबिच कुटाकुट

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा झडप भएको छ।

चाबहिलको एक पार्टी प्यालेसमा आयोजित अधिवेशनमा संस्थापन निकट र धवलशम्शेर राणा निकट युवाहरूबिच झडप भएको हो ।

अध्यक्ष राजेन्द्र लिङदेन कार्यक्रम स्थलमा आइसकेपछि हात हालाहाल भएको थियो । त्यसपछि लिङदेनले मञ्चबाटै सम्झाउन खोजे ।

उनले भने,'साथीहरू हल्ला नगरौँ। यो राष्ट्रवादी पार्टी हो हल्ला नगरौँ।'

प्रकाशित: २८ श्रावण २०८२ १३:१४ बुधबार