राजनीति

राजेन्द्र गौतमले लेखेको ‘जनताको बहुदलीय जनवादका आधार’ पुस्तक सार्वजनिक

नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले लेखेको जनताको बहुदलीय जनवादका आधार नामक पुस्तक आज विमोचन भएको छ ।  

पार्टीका उपमहासचिव एवं पूर्व सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रेस चौतारी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा सो पुस्तक विमोचन गरे । विमोचनमा चौतारीका अध्यक्ष गणेश पाण्डे पोलिटव्यूरो सदस्य खिमलाल भट्टराई, केन्द्रीय सदस्यहरु यज्ञबहादुर सुनुवार र निरज आचार्य पनि सहभागी थिए ।  

लेखक गौतमले पार्टीको ११ औं महाधिवेशनको पूर्वसन्ध्यामा जननेता मदन भण्डारीको जीवनी र व्यक्तित्व झल्किने यो पुस्तक सार्वजनिक गरेका हुन् । उनले महाधिवेशनको संघारमा पार्टीको नीति, विचार, जनताको बहुदलीय जनवादका विषयमा वडा तहसम्मका कार्यकर्ताहरु छलफलमा सहभागी हुने भएकोले पनि अहिले पुस्तकको सान्दर्भिकता हुने बताए ।  

पत्रकारिता पृष्ठभूमीका गौतमले यस अघि सातवटा पुस्तक लेखन तथा सम्पादन गरिसकेका छन् । २०५० सालमा उनले नेपाली महिला आन्दोलन र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (२०५०) देखि जनताको बहुदलीय जनवादका आधार (२०६३) सम्मका पुस्तक यस अघि नै प्रकाशन गरिसकेका छन् ।  

पुस्तकमा लेखकले जनताको बहुदलीय जनवादका आधारहरु शीर्षकमा लामो र भावनात्मक भूमिका लेखेका छन् । पुस्तकमा पुस्तकलाई सात खण्डमा विभाजन गरिएको छ ।

जसमा जननेता मदन भण्डारीको जीवनी र व्यक्तित्व,नेकपाको प्रारम्भ देखि एघारौं महाधिवेशनसम्म,जनताको बहुदलीय जनवादः दार्शनिक तथा सैद्धान्तिक आधार,बहुदलीय जनवादका अन्त्र्य र आधारहरु,जनताको बहुदलीय जनवादको कार्यक्रम र सिद्धान्त,परिवर्तित सन्दर्भमा विकसित जनताको बहुदलीय जनवाद र आजको विकसित राजनीतिक परिघटना र हाम्रो कार्यभार लगायतका विषयहरु समेटिएका छन् ।

प्रकाशित: १५ मंसिर २०८२ २०:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App