राजनीति

फेरियो विष्णु पौडेलको ‘मुड’, रुपन्देही–२ मै चुनाव लड्ने

रुपन्देही–२ मा असुरक्षित देखेपछि पाल्पा–२ चढ्न खोजेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ‘मुड’ फेरेका छन्। शनिवार टिकटको प्रारम्भिक छलफलमा पौडेल पाल्पा–२ मा लड्ने तय भएको थियो। उनी यसअघि रुपन्देही–२ बाटै निर्वाचन लडेर लगातार जित्दै आएका थिए। तर, २०७९ को निर्वाचनमा उनले साँघुरो जित निकाले थिए।  

अहिले थप जोखिम बढ्ने देखिएपछि सुरक्षित क्षेत्र खोज्दै उपाध्यक्ष पौडेललाई अध्यक्ष केपी शर्मा ओलीले पनि पाल्पा–२मा सार्न खोजेका थिए। तर चर्को आलोचना र रुपन्देहीका कार्यकर्ताबाट पनि दबाब आएपछि अन्ततः उनी रुपन्देही–२ बाटै निर्वाचन लड्ने निर्णयमा पुगेका छन्।  

प्रकाशित: ४ माघ २०८२ १८:२५ आइतबार