खेल

पावर प्लेमा विराटनगरको बिजोग: ६ ओभरमा ३ विकेट गुमाएर मात्र २८ रन

लुम्बिनी लायन्सले प्रस्तुत गरेको १३५ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर किङ्सले पावर प्लेमा निकै खराब प्रदर्शन गरेको छ।

फाइनल प्रवेशका लागि निर्णायक यस खेलमा विराटनगरले पावर प्लेको समाप्तिमा आफ्ना ३ महत्त्वपूर्ण विकेट गुमाउँदै जम्मा २८ रन मात्र जोड्न सकेको छ।

विराटनगरको सुरुवात निकै दयनीय रह्यो। टोलीले स्कोरबोर्डमा ४ रन हुँदा पहिलो र दोस्रो विकेट गुमायो भने ६ रन हुँदा तेस्रो विकेट गुमायो।

सुरुवाती झड्कापछि क्रिजमा रहेका साम हेजलेट र शंकर रानाले इनिङ्स सम्हाल्ने प्रयास गरिरहेका छन्। ६ ओभर सकिँदा साम हेजलेट १५ रन र शंकर राना ७ रन बनाएर खेलिरहेका छन्।

बलिङतर्फ लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले पावर प्लेमा ३ ओभर बलिङ गर्दै ९ रन खर्चेर २ विकेट लिएका छन्।

प्रकाशित: २५ मंसिर २०८२ १८:१९ बिहीबार