कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गरिएको छ।
बिहीबारको प्रदेशसभा बैठकमा कोशी प्रदेशकी सामाजिक विकासमन्त्री गीता तिम्सिनाले विधेयक पेस गरेकी हुन्।
कोशी प्रदेशमा दलित अधिकारका क्षेत्रमा काम गर्दै आएका संघ संस्था र अधिकारकर्मीहरूले दलित अधिकार सम्बन्धमा ऐन बनाउन विगत लामो समयदेखि माग गर्दै आएका थिए।
कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गत साउन २७ गते कोशीको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभामा पेस गर्न अनुमति दिने निर्णय गरेको थियो।
सोही निर्णय अनुसार कोशी प्रदेश सभा सचिवालयमा साउन २९ गते विधेयक दर्ता गरिएको थियो।
प्रकाशित: ४ भाद्र २०८३ १७:४३ बिहीबार