राजनीति

दुवै सदनमा विधेयक र प्रतिवेदनमाथि छलफल हुँदै

प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको बैठकमा विभिन्न विधेयक, प्रतिवेदन, प्रस्ताव तथा शोक प्रस्तावलाई सम्भावित कार्यसूचीमा समेटिएको छ। प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फछ्र्यौट (पहिलो संशोधन)  विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 

त्यस्तै, अर्थमन्त्री वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्। 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। 

बैठकमा राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोजकको निधनप्रति सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ।

यसैगरी, राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०।८१ र २०८१।८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। 

प्रकाशित: २५ भाद्र २०८३ ११:२२ बिहीबार