राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार तथा राहतसम्बन्धी कामबारे पार्टीको आन्तरिक सर्कलबाट ब्रीफिङ लिएका छन्।
बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन लामिछानेले पार्टीका सम्पूर्ण तह र निकायलाई सक्रिय भएर काम गर्न निर्देशन दिएका छन्।
उनले विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा पार्टीका नेता–कार्यकर्ता परिचालन हुनुपर्नेमा जोड दिए।
प्रकाशित: १४ भाद्र २०८३ १२:४७ आइतबार