राजनीति

भदौ २४ नेपालको इतिहासकै ‘कालो अध्याय’ : एमाले

नेकपा (एमाले) ले गत वर्ष भदौ २३ र २४ गते भएका घटनालाई नेपालको इतिहासकै ‘कालो अध्याय’को संज्ञा दिएको छ।

एमालेले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय, सार्वजनिक तथा निजी सम्पत्तिमाथि भएको आक्रमणलाई इतिहासकै ‘कालो अध्याय’को संज्ञा दिएको हो।

बुधबार प्रेस वक्तव्य जारी गर्दै एमालेले नेपालको लोकतन्त्र, राष्ट्रियता र अर्थतन्त्रमाथिको ठूलो आक्रमण भन्दै त्यसको छानबिन र दोषीलाई कारबाही गर्न माग समेत गरेको छ। शान्तिपूर्ण प्रदर्शनका नाममा भएको आन्दोलनमा आपराधिक समूहले घुसपैठ गरी त्यसलाई हिंसात्मक र अराजक बनाएको दाबी एमालेको छ।

प्रदर्शनमा प्रहरीको बल प्रयोगबाट १९ जना युवाको मृत्यु भएको घटना दुःखद भए पनि त्यसको भोलिपल्ट भएका आगजनी, तोडफोड र आक्रमणलाई त्यस घटनापछिको तत्कालीन आक्रोशका रूपमा मात्र बुझ्न नहुने एमालेको भनाइ छ।

यस्तो छ प्रेस वक्तव्य:

प्रकाशित: २४ भाद्र २०८३ ११:४४ बुधबार