नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले ब्रिक्स सम्मेलनबारे टिप्पणी गरेका छन्।
उनले चीन र भारत आयोजक हुने ब्रिक्स सम्मेलनमा नेपालले समेत चासो राख्नुपर्ने संकेत गर्दै टिप्पणी गरेका हुन्। ‘चीन–भारत आयोजक हुने, हामीले चिहाउन पनि नपाउने?’ उनले प्रश्न गरेका छन्।
ब्रिक्स सम्मेलनबारे बाँस्कोटाले अस्ताउँदै गरेको पश्चिमले प्रोक्सीमार्फत युद्ध निर्यात गरिरहेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘छद्मभेषीले बुझे हुन्छ–अर्को आँधी आँगन प्रवेश गरिसकेको छ।’
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भाषालाई उद्धृत गर्दै उनले नेपालसामु ‘मित्रता कि शत्रुता?’ भन्ने प्रश्नसमेत खडा गरेका छन्।
बाँस्कोटाले ‘पहिला खुसीसाथ तिमी रोज’ भन्दै नाटो रोज्दा देश बर्बाद भएको दाबी समेत गरे।
'चीन-भारत आयोजक हुने, हामीले चिहाउन पनि नपाउने? कस्तो लाग्यो ब्रिक्स समिट। अस्ताउँदो पश्चिमले युद्ध निर्यात गर्छ त्यो पनि प्रोक्सी,' सामाजिक सञ्जालमा भने, 'छदमभेषीले बुझे हुन्छ-अर्को आँधी आँगन प्रवेश गरिसकेको छ। पुटिनको भाषामा भन्दा मित्रता कि शत्रुता? पहिला खुसीसाथ तिमी रोज! नाटो रोज्दा देशै बर्वाद, देखेनौ?'
प्रकाशित: २८ भाद्र २०८३ ०९:१८ आइतबार