नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सरकारले राष्ट्रियता, जनजीविका, सुशासन र सेवा प्रवाहका क्षेत्रमा कमजोरी गरेको आरोप लगाएका छन्।
गृहजिल्ला रोल्पामा दुईमहिने राष्ट्रिय जागरण अभियान उद्घाटन गर्दै पुनले अभियानमार्फत चुनावअघि गरिएका प्रतिबद्धता र सरकारका वर्तमान कामकारबाहीबीचको अन्तर जनतामाझ पुर्याइने बताए।
फागुन २१ गतेको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार गठन हुँदा विशेषगरी युवामा देखिएको उत्साह सात महिनामै कमजोर हुँदै गएको र जनतामा असन्तुष्टि बढेको उनको दाबी छ।
पुनले सीमा विवाद, छिमेकी मुलुकसँगको कूटनीतिक सम्बन्ध र विदेशी शक्तिसँगको संवादमा सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। सुस्ता क्षेत्रको सीमा विवादसम्बन्धी घटनाबारे प्रधानमन्त्रीले संसद्मा स्पष्ट जवाफ नदिएको आरोपसमेत उनले लगाए।
प्रकाशित: ७ कार्तिक २०८३ २०:५२ शनिबार