राजनीति

एकीकृत समाजवादीमा वामदेवले पाए तेस्रो वरीयता

नेकपा (एकीकृत समाजवादी) को सातौँ सचिवालय बैठकले वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयताको जिम्मेवारी दिएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा सम्पन्न सातौँ सचिवालय बैठकले नेता गौतमलाई नेता झलनाथ खनालपछि वरीयता तोकिएको हो।

पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार वरिष्ठ नेता गौतमलाई अध्यक्ष नेपालले शपथ ग्रहण गराएका छन्।

राष्ट्रिय एकता अभियानबाट एकीकृत समाजवादीमा समाहित  भएका नेताहरूलाई जिम्मेवारी दिइएको प्रमुख ज्वालाले जानकारी दिए। ज्वालाका अनुसार डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिट्ब्यूरो सदस्यको जिम्मेवारी दिइएको छ।

त्यस्तै केन्द्रीय सदस्यमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र बम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई रहेका छन् ।

प्रकाशित: ३० श्रावण २०८२ १३:१४ शुक्रबार