राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री वालेन्द्र शाहलाई पुनः वरिष्ठ नेताको जिम्मेवारी दिएको छ। बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले शाहलाई वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको हो।
बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहको नाम वरिष्ठ नेताका लागि प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई केन्द्रीय समितिले सर्वसम्मत रूपमा अनुमोदन गरेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्।
शाह यसअघि पनि रास्वपाको वरिष्ठ नेताको भूमिकामा रहेका थिए। केन्द्रीय समितिको पछिल्लो निर्णयसँगै उनले सो जिम्मेवारीलाई निरन्तरता पाएका छन्।
बैठकमा संगठनात्मक व्यवस्थापन, महाधिवेशन समीक्षा तथा आगामी राजनीतिक कार्यक्रमका विषयमा समेत छलफल भएको जनाइएको छ।
प्रकाशित: १३ श्रावण २०८३ १९:३१ बुधबार