राजनीति

इलाम र पाँचथरका रास्वपा उम्मेदवारलाई साथ दिँदै बालेन (१५ तस्बिरमा)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापाबाहेक इलाम, पाँचथर र ताप्लेजुङमा पनि आफ्ना दलका उम्मेदवारहरुको समर्थनमा प्रचारप्रसारमा साथ दिएका छन् । 

बिहीबार बालेन इलामका इलाम १ का रास्वपा उम्मेदवार विमल गदाल र  इलाम २ का उम्मेदवार गोकुलबहादुर राईसँग इलाम बजार क्षेत्रमा घरदैलो कार्यक्रममा सहभागी भए ।

उनले पाँचथरको फिदिममा पनि रास्वपाका समर्थकहरुसँग भेटघाट गरेका छन् भने चुनावी प्रचारप्रसारमा पनि सहभागी भएका छन् ।

उनले बिहीबार नै ताप्लेजुङमा रहेको पाथीभरा माताको दर्शन गर्ने कार्यक्रम पनि रहेको छ ।  बालेन आफैं भने झापा- ५ का उम्मेदवार हुन् । 

तस्बिर: बालेनको सचिवालय 

प्रकाशित: ८ माघ २०८२ १२:५० बिहीबार