राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह काठमाडौं फिर्ता भएका छन्।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उनी बुधबार ११ः३१ बजेको उडानमार्फत काठमाडौं प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री शाहले पार्टीको महाधिवेशनको उद्घाटनसत्रमा आइतबार सम्बोधन गरेका थिए। यस्तै, मंगलबारको बन्दसत्रमा पनि सहभागी भएका थिए।
महाधिवेशनबाट शाह वरिष्ठ नेतामा निर्वाचित भएका छन्। चितवनमा उनले सौराहास्थित हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए।
प्रकाशित: १० असार २०८३ १२:४२ बुधबार