राजनीति

बालेनलाई दलको नेता चयन गर्दै सकियो केन्द्रीय समिति बैठक, अब संयुक्त बैठक बस्दै

वरिष्ठ नेता बालेन्द्र शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेपछ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक समापन भएको छ।

बैठक सकिएलगत्तै अब केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने तयारी सुरु भएको छ।

सभापति रवि लामिछानेले समसामयिक राजनीति र संसद्‌मा पार्टीको आगामी कार्यदिशाबारे आफ्नो धारणा राखेपछि केन्द्रीय समितिको बैठक टुंगिएको थियो।

प्रकाशित: १२ चैत्र २०८२ १७:०० बिहीबार